सिंहको हत्यामा संलग्न आरोपमा दुई जना पक्राउ

रासस
568 पाठक संख्या

कलैया : बाराको प्रसौनी गाउँपालिका ६ स्थित किरण वेभरेज प्रालि(निर पानी उद्योग) मा कार्यरत व्यवस्थापक रामकिशोर सिंहको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको स्रोत अनुसार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुको नाम ठेगाना सार्वजनिक गरिएको छैन ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालयले ( आज ) आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने स्रोतले बताएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उक्त पानी उद्योगमा कार्यरत सर्लाही धनकौल गाउँपालिका २ का ४२ वर्षीय रामकिशोर सिंहको घाटी रेटेर हत्या गरेर फालिएको अवस्थमा शुक्रवार शव फेला परेको थियो ।

Leave a review