बाराका क्याम्पस प्रमुख हरीभुषण कुशवाहाको गोली हानी हत्या गरेको विरोधमा आईतवार देशभरका सामुदायिक क्याम्पसहरु बन्द गरिएको छ ।
नेपाल पब्लिक क्याम्पस संघले देशभरका सामुदायिक क्याम्पस बन्द गराएको हो । बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी
क्याम्पसका प्रमुख कुशवाहाको हत्या घटनाको विरोधमा दोषीलाई पक्राउ गरि कारवाहीको माग राख्दै सामुदायिक क्याम्पस बन्द गर्ने निर्णय गरेको संघले जनाएको छ ।
संघले विज्ञप्ती जारी गर्दै ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण भएको संघले जनाएको छ ।

