बाराबाट प्रकाशित ‘साझेदारी राष्ट्रिय दैनिक’ फेरि पनि प्रेस काउन्सिलको ‘क’ वर्गमा

साझेदारी दैनिक
348 पाठक संख्या

कलैया : बारा जिल्लाबाट निरन्तररूपमा प्रकाशित हुँदै आएको साझेदारी राष्ट्रिय दैनिक प्रेस काउन्सिलको वर्गिकरणमा ‘क’ वर्गमा कायम रहेको छ ।

प्रेस काउन्सिल नेपालले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वितरण संपरिक्षणमा साझेदारी राष्ट्रिय दैनिक ‘क’ वर्गमा वर्गिकृत भएको हो ।

यस साझेदारी राष्ट्रिय दैनिक यसअघि पनि ‘क’ वर्गमा पर्दै अएको छ । झण्डै ११ बर्षदेखी साझेदारी राष्ट्रिय दैनिक पत्रिका ‘क’ वर्गमा पर्दै अएको छ ।

वर्गिकरणका लागि काउन्सिलमा दर्ता भएका ८ सय ९४ वटा मध्ये ८ सय २६ पत्रिका वर्गिकरणमा परेका थिए । त्यस मध्ये मध्ये ‘क’ वर्गमा २ सय ४ पत्रिका परेका छन् । त्यसैगरि ख वर्गमा ४ सय ६२ वट, र ग वर्गमा मा १ सय ५४ वट र घ वर्गमा ६ पत्रपत्रिका परेका छन् । प्रेस काउन्सिलले सार्वजनिक गरेको नतिजा अनुसार स्थगनमा २२ वटा पत्रपत्रिका र हुबहुमा ४७ वटा पत्रपत्रिका परेका छन् ।

यसैगरी साझेदारी राष्ट्रिय दैनिक ‘क’ वर्गमा परेसंगै बाराबाट प्रकाशित अन्य दैनिकहरुमा कृपा दैनिक, र संस्कार खबर दैनि ‘ख’ वर्गमा परेका छन । यसैगरी मिलन दैनिक भने ‘ग’ वर्गमा वर्गिकरणमा परेको काउन्सिलले सार्वजनि गरेको नतिजामा उल्लेख गरेका छ ।

यसैविच प्रेस काउन्सिल नेपालले आ.ब २०७९/०८० पत्रपत्रिका वर्गीकरणको नतिजो साझेदारी राष्ट्रिय दैनिक यो बर्ष पनि ‘क’ वर्गमा स्थान पाउन सफल भएको अवसरमा पत्रिकाका प्रकाशक तथा सम्पादक श्यामबावु प्रसदा यादवले सबै टिमलाई हार्दिक बधाई दिदै पत्रिकालाई उच्च स्थानसम्म पु-याउन योगदान गर्ने पाठकहरू, सम्पादक टिम,सम्बादाता,कर्मचारी एवम् शुभेच्छुक प्रती हार्दिक आभार व्यक्त गरेका छन ।

Leave a review