रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाको होटल ,मादक पदार्थ बाहेक सबै पसलहरु हरेक दिन खुल्ने भएका छन् ।
जितपुरसिमरा नगर उद्योग बाणिज्य संघले एक प्रेष बिज्ञेप्ति जारी गर्दै सबै पसलहरु खुल्ने जानकारी दिएको हो ।
लामो समय देखि लकडाउनले प्रभाबित भएका ब्यवसाहरुलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको समन्वयमा नगर उद्योग बाणिज्य संघले पसल खोल्न लागेको नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले जानकारी दिनुभयो ।
नगर उद्योग बाणिज्य संघले बिहान देखि बेलुका सम्म सञ्चालन हुने पसलको समय तालिका सार्बजनिक गरेको छ । जसमा किराना तथा जेनरल स्टोर्स ,खाद्यन्न ,कपडा ,सुनचाँदी ,भाडा बर्तन ,सैलुन ,टेलरिङ बिहान ७ बजे देखि ११ बजेसम्म र रेडिमेड ,जुत्ताचप्पल ,फर्निचर ,हार्डवेयर,मोटर्स पार्टस ,ईलेक्ट्रानिक्स ,ईलेक्ट्रिस बिहान १२ बजे देखि दिउँसो ४ बजेसम्म खुल्ने छन् ।
बिहान देखि बेलुकासम्म खुल्ने पसलहरुमा बिउँबिजन ,किटनाशक ,औषधी ,वर्कशप ,डेरी र तरकारी तथा फलफुल पसलहरु रहेका छन् । हरेक पसलहरुले ५ फिटको समाजिक दुरी कायम हुने ,क्रेता बिक्रेताले अनिवार्य मास्क लगाउँनुपर्ने र पसलमा हाँत धुन साबुन पानीको ब्यवस्था गर्नुपर्ने ,समय समयमा पसललाई डिस्ईन्फेक्टेन्ट गर्ने लगायतको नियम लगाईएको रेडिमेड ब्यवसायी संघका अध्यक्ष प्रकास गिरीले जानकारी दिनुभयो ।
लगाईएको नियम पालना भयो कि भएन भन्ने सम्बन्धित बस्तुगत संघसङगठनका अध्यक्षहरुले अनुगमन गर्ने गिरीले जानकारी दिनुभयो ।