बारामा सिचाइ नहरमा डुबेर एक महिलाको मृत्यु

साझेदारी दैनिक
567 पाठक संख्या

कलैया । बारामा सिचाइ नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–२७ निवासी अन्दाजी ५० वर्षीया इन्दु देवी कोइरी रहेको वडा अध्यक्ष अशोक कुमार तिवारीले जानकारी दिएका छन्।

घरमा केही बेरसम्म नआएपछि परिवारजनले खोजतलास गर्दा उनी लगाएको सल बरवा–पारता टोलस्थित नहरमा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो ।

वडा अध्यक्ष तिवारीका अनुसार घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान गरिरहेको छ।

Leave a review

This will close in 0 seconds