Sajhedari Daily
Latest News from Nepal

महागढीमाई नगरपालिकामा कुस्ती प्रतियोगिता शुरु

श्रीकान्त गुप्ता/
बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ मा दुई दिने लडाइ कुस्ती प्रतियोगिता संचालन भएको छ ।प्रतियोगिताको पूर्बसंसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राधेचन्द्र यादवले गरेका छन । मघेसंक्रान्तिको उपलक्ष्यमा हरे बर्ष रामनाकामानामाई मंन्दिरको अगाडि लाग्ने मेलाको शोभा बढाउनका उक्त कुस्ती प्रतियोगिता गरिएको गरिएको हो ।

आम नागरिकले हेरेर कुस्ती खेलबाट मनोरञ्जन गर्नको लागी दुई दिन कुस्ती खेल कार्यक्रम गरेको पूर्ब संसद यादवले बताउनु भएको छ । उहाँले भने खेल कुस्तीमा नेपाल भारतका पहलवान रहेकाछ्न । राष्ट्रिय र अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा कुस्ती खेलेका पहलवान खेलाडीबाट कुस्ती खेल हुन गइरहेको कार्यक्रममा बताउनु भएकोछ ।

उद्घाटन कार्यक्रमलाई महागढीमाई नगरपालिकामा भौतिक पूर्बधार क्षेत्रमा , शैक्षिक क्षेत्रमा, र खेलखुद क्षेत्रमा सबै पालिका भन्दा राम्रो बिकास भएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसादले बताएका छन ।

भौतिक बिकाससंगै खेलकुदको बिकास हुनु जरुरी रहेकोछ ।खेलकुद बिकासले नगरपालिका र देशको नाम अन्तराष्टिय देशहरुमा पहिचान र नाम कमाउन सकिन्छ ।

महागढीमाई नगरपालिकामा कुस्ती खेलाडी , कृकेट खेलाडी , फुटबल खेलाडी , भोली बल खेलाडी लगाएत अन्य खेलका खेलाडीहरु नगरपालिका भित्रै तयारी भइरहेको नगरप्रमुख उपेन्द्र यादवले बताए ।

दुई दिनसम्म हुने उक्त प्रतियोगितामा उपप्रमुख तारा देबी ,सबै वडाका अध्यक्षहरु , बिरेन्द्र यादव , प्रहरी प्रशासन , पत्रकार , हजारौ मानिसको उपस्थिति रहेको थियो ।