जितपुर : बाराको सिमरामा सञ्चालित महिला भलिबलमा सेन्ट जोन्स र एकता स्कूल आ–आफ्नो खेलमा विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन्।
न्यु एकता स्कुल सिमराले आयोजना गरेको महिला भलिबल प्रतियोगितामा बिहिबार भएका दुई क्वार्टर फाइनल खेल समापन भएका छन्। पहिलो तथा दोस्रो दुवै खेल रोचक प्रतिस्पर्धासहित सम्पन्न भएको हो।
पहिलो क्वार्टर फाइनलमा एकता स्कुलले राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनलाई २–१ को सेटमा पराजित गरेको हो। एकता सेमिफाइनलमा प्रवेश गरेको आयोजक बिद्यालयका प्रिन्सिपल मदन रिजालले जानकारी दिए । कडा प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय विभूतिकी करुणा बच्छरलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ।
दोस्रो क्वार्टर फाइनलमा सेन्ट जोन्सले एस.पी.ई.एस. लाई २–१ को सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित ग¥यो। यस खेलमा सेन्ट जोन्सकी प्रशंसा पौडेल प्लेयर अफ द म्याच बन्न सफल भइन्। न्यु एकता स्कुल ले आयोजना गरेको यस प्रतियोगिता विद्यालयस्तरमै प्रतिभाशाली खेलाडीहरू उजागर गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो।


