विभिन्न हातहतियार र अवैध लागूऔषधसहित पक्राउ

साझेदारी दैनिक
410 पाठक संख्या

कलैया : प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–१ ढुंगेन बाट शनिबार बेलुकी विभिन्न हातहतियार र अवैध लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ५० वर्षीय राजु स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा इटालीयन पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन २ थान, सोही पेस्तोलको गोली १३ राउण्ड, घरेलु पेस्तोल १ थान,सोही पेस्तोलमा लाग्ने गोली १२ राउण्ड,अवैध लागूऔषध गाँजा २२ किलो ८ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ १ किलो ३ सय १० ग्राम सहित पक्राउ गरेको हो ।

प्रहरीले सोही ठाउँस्थित चन्द्रलाल मोक्तानको बारीमा आँपको रूखको फेदमा प्लाष्टिकमा बेरी राखिएको घरेलु पेस्तोल १ थान,सोही पेस्तोलको गोली ५ राउण्ड र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ४ सय ८० ग्राम बरामद गरेको छ।

राजुलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीय बासिन्दाहरूले अवरोध गरेको हुँदा अवरोध गर्ने कार्यमा संलग्न सोही गाउँपालिका–१ ठुलोभाबर बस्ने ४२ वर्षीय विर बहादुर लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु मथि आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds