रामवन एकादशी समूहद्वारा छटीघाट मर्मत कार्य सम्पन्न

रञ्जन यादव
257 पाठक संख्या

जीतपुर : बाराको रामवन क्षेत्रमा सक्रिय रामवन एकादशी समूहले देउसी–भैलो कार्यक्रममार्फत संकलित रकम प्रयोग गरी छटीघाटको मर्मत कार्य सम्पन्न गरेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छटीघाटको संरक्षण र व्यवस्थापनमा समूहले सक्रिय भूमिका खेलेको हो।

एकादशी समूहकी प्रतिनिधि सिता ढुङ्गानाका अनुसार संकलित रकममध्ये एक हिस्सा बृद्धा आश्रमलाई सहयोगस्वरूप प्रदान गरिएको छ भने समूहलाई आवश्यक पर्ने पूजा–पाठका लागि बाजागाजा समेत खरिद गरिएको छ। यसले धार्मिक गतिविधिलाई व्यवस्थित र निरन्तर सञ्चालन गर्न सहयोग पुगेको उनले बताइन्।

उनका अनुसार गत वर्ष पनि देउसी–भैलोबाट उठेको रकम देव आश्रममा सञ्चालन भइरहेको महायज्ञमा सहयोगका लागि खर्च गरिएको थियो। यसरी रामवन एकादशी समूहले हरेक वर्ष सामाजिक, धार्मिक तथा मानवीय सेवाका क्षेत्रमा संकलित रकम सदुपयोग गर्दै आएको छ।

समूहले आगामी दिनहरूमा पनि समुदायको हितका लागि यस्ता सामाजिक तथा धार्मिक कार्यहरूमा निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Leave a review