पर्सामा सुपारी लोड रहेको ट्रकसहित दुई जना पक्राउ

साझेदारी दैनिक
191 पाठक संख्या

कलैया : पर्सा प्रहरीले चार करोड ७७ लाख ४० हजार बराबरका सुुपारी लोड र अनलोड रहेको ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले बिहीबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

विशेष सूचनाको आधारमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.२ वाईपास रोडमा रहेको निशान्त रोनावतको दाल फ्याक्ट्रीमा वीरगंज भन्सार कार्यालयबाट महोत्तरी बर्दिवास, महोत्तरीको लागी पैठारी भई आएको दुई कन्टेनर सुपारी अवैध रुपमा अनलोडिङ्ग गरिरहेको भनी प्राप्त सूचना अनुसार सो ट्रकलाई नियन्त्रणमा लिइएको हो।

पर्साका प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ना.७.ख.७४२० नम्बरको टेलर ट्रकमा न.इएससियु ९०००४७९ को एक्सप्रेस वे लेखिएको कन्टेनर अनलोडिङ्ग गर्दागर्दैको अवस्था र अनलोडिङ्ग गर्नको लागी रोकी राखेको ना.४ख.६८३२ न.को १४ चक्के टेलर ट्रकमा न. इएससिय ९०००६०६ को एक्सप्रेस वे लेखिएको कन्टेनर प्रहरीले फेला पारेको हो।

ना.७.ख. ७४२० न.को टेलर ट्रक चालक बाराको जितपुर सिमरा उप महानगरपालिका वडा न. २० वस्नवर्ष ४१ को राम भरोस महरा र ना.४ख.६८३२ न.को १४ चक्के टेलर ट्रक चालक जितपुर सिमरा उप महानगरपालिका वडा न.१९ वस्ने वर्ष ५१ को राम प्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुपारी लोड र अनलोड रहेको अन्दाजी १८०० बोरा सुपारी, ट्रकहरू चार करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरका सुपारी थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रेस विज्ञप्तिमा जानकारी दिएको छ।

Leave a review