कलैया : नेपाली कांग्रेस बाराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चारै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीको मंसिर २७ गते शनिबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले बारा क्षेत्र नम्बर १, २,३ र ४ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो ।
काँग्रेसले बार क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रिय सह–महामन्त्री उमाकान्त चौधरीको सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ राम नरेश कान्त,अमिर लामा मुक्तान,जुना देवी फौजदार,मुर्लिधर चौधरी,टेक बहादुर लामा,मुन्ना पटेल,पुर्ण बहादुर विश्वकर्मा,सुगान्धी देवि मण्डल धानुक र सीता कुमारी पासवानको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यका लागि रामाधार प्रसाद यादवको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
यस्तै क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य राधे चन्द्र यादवको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ गोपाल प्रसाद जयसवाल,खेम नारायण सुवेदी,नारायण सिंह,अमुल्लाह अन्सारी,मेनुका राईगाई,नरेश प्रसाद यादव,अनुठा बरै,ईन्दु देवी कुर्मीन,रामजतन यादव,जगरनाथ प्रसाद यादव,भगवान राउत कुर्मी,गोपाल साह,रविन्द्र यादव,विरेन्द्र यादव,सुमिन्त्रा छुटकलीको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ मा राष्ट्रियसभा सदस्यका लागि राजेन्द्र प्रसाद यादव,अरुण ज्ञवाली,अरुण कुमार सिंह,दिप प्रकाश गुप्ता र जाहिर अन्सारीको नाम सिफारिस गरिएको जनाईएको ।
त्यसैगरी काँग्रेस बाराले क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ केन्द्रिय सह–महामन्त्री फरमुल्लाह मंसुर,बारा जिल्लाका उपसभापति मनोज भट्ट,जंग बहादुर चौरसिया,भोजराज भट्टराई,रविकरण साह,प्रकाश रिमाल,अम्बिका ठाकुर,प्रवेज अन्सारी र बजरगी साह सिफारिस हुनुभएको छ । भने समानुपातिकतर्फ राजेन्द्र जयसवाल,महमद अतिउर रहमान,कलावती पासवान,जयचन्द्र चौरसिया,दिव्यनाथ श्रेष्ठ,साम्बा कुमारी जयसवाल,सुमिन्त्रा देवि चौधरी,अफतर मंसुर,देवेन्द्र उपाध्याय ,तबसुम आरा अन्सारी,उषा देवि राम सिफारिस हुनुभएको छ । क्षेत्र नम्बर ३ बाट राष्ट्रिय सभा सदस्यका लागि राजेन्द्र प्रसाद यादव,शेषराज पाण्डे,बदनदेवि र सलमा खातुनको नाम सिफारिस गरिएको छ ।
यता क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ श्यामबाबु गुप्ता,बृजलाल यादव,कृष्णबृत सिंह,कपिलदेव प्रसाद यादव,हरिशंकर प्रसाद साह,शोभाकर पराजुली,राजकिशोर गुप्ता,दिपेन्द्र पटेल र नवराज त्रिपाठीको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ४ मा समानुपातिकका लागि हरिप्रसाद थपलिया,ईन्द्रासन प्रसाद मण्डल,नारायणी रायमाझी, शोभा लामा, रामेश्वर सहनी,माधव प्रसाद उपाध्याय, फौज अंसारी,राजा साह र महन्थ राम भगतको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर ४ मा राष्ट्रिय सभा सदस्यतर्फ राजेन्द्र प्रसाद यादव,प्रेम साह कानु,योगेन्द्र प्रसाद यादव,अब्दुल मोतालिन अन्सारी र इश्वरी ठाकुर लोहारिनको नाम सिफारिस गरिएको पार्टीका कार्यालय सचिव अम्बिका प्रसाद यादवले जानकारी गराएका छन ।
उक्त निर्णयमा रहेको नाम छुटेको छ भने सिफारिस गरि पठाइने समेत कार्यालय सचिव यादवले जानकारी दिएका छन ।

