कलैया : जेनजी युथ एण्ड बाराले प्रादेशिक अस्पताल कलैयालाई सुधार गर्न माग गर्दै १२ सुत्रीय ध्यानाकर्षण पत्र पेश गरेको छ। जेनजी युथ एण्ड बारा कलैयाका संयोजक सौरभ पाण्डेयको नेतृत्वको टोलीले अस्पताल विकास समितिका अध्यक्ष जवाहिर अन्सारीलाई ध्यानाकर्षण पत्र पेश गरेका हुन्।
प्रादेशिक अस्पताल कलैयामा चलि आएको पारम्परिक चलन अन्त्य गरि प्रादेशिक अस्पताललाई सुधार गर्ने सम्बन्धमा यस प्रादेशिक अस्पतालका चिकित्सकहरु आफनो जिम्मेवारी इमान्दारीपूर्वक बहन नगर्ने गरेको पत्रमा लेखिएको छ। सरकारी अस्पतालमा डिउटीमा रहदा निजि क्लिनिकमा समेत उपस्थित रहने गरेको पाइएको हुनाले, आफनो काम गर्ने समयमा सम्पूर्ण डाक्टर तथा कर्मचारीहरुले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न भनिएको छ।
डाक्टर तथा अन्य कर्मचारीहरु विदामा रहेको बेला उक्त स्थानमा अन्य डाक्टर तथा कर्मचारीको सेवा उपलब्ध गराउनेबारेमा ध्यानाकर्षण पत्रमा लेखिएको छ।सरकारी कार्यालयको समय गर्मि याममा १० देखि ५ र चिसो याममा १० देखि ४ हुनु पर्नेमा प्रादेशिक अस्पतालको ओ.पि.डि समय १० देखि २ बजे सम्म मात्र सञ्चालनमा रहेको पाइएको जनाइएको छ। यस विषयमा आवश्यक सुधार गर्न माग गरिएको छ। सरकारबाट प्राप्त हुने ९८ प्रकारको निःशुल्क तथा विमाको औषधी लाईनमा घण्टौ बस्दा समेत केहि पाउने, केहि नपाउने गरेकाले यसमा आवश्यक सुधार गर्नु पर्ने देखिएको जनाइएको छ।
जाँच गराउने क्रममा प्रयोगशाला तथा विभिन्न फाँटमा देखिएको आफन्तवाद र सिफारिसको अन्त्य गरि टोकन प्रणाली लागु गर्ने विषय पत्रमा लेखिएको छ। सिकिस्त विरामि तथा ज्येष्ट नागरिकको सुविधायुक्त सेवामा जोड दिने कुनै किसिमको बिरामि आएको बेला कमिसनको खेलमा मल्टि भिटामिन औपधि तथा अनावश्यक बढि औपधी लेख्ने गरेको पाईएको कलैया अस्पतालमा भन्दा बढि सुविधा सम्पन्न जिल्ला भित्र अन्य अस्पताल नदेखिदा समेत यहाँका विरामीहरुलाई नजिकको निजि अस्पतालमा वा क्लिनिकमा जान सुझाव र रेफर गर्ने गरिन्छ किन? भनि पत्रमा प्रश्न गरिएको छ। राजनीतिक नियुक्ति बन्द गरी सबै प्रकारका बिरामिको विशेषज्ञ चिकित्सकको व्यवस्था गरी चिकित्सक तथा कर्मचारीलाई पायक सेवा, सुविधा सामग्री तथा कार्य वातावरण समेत उपलब्ध गराउने विषयमा ध्यानाकर्षण गराइएको छ।
यस विषयमा तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ। डयुटिको समयमा डाक्टर तथा स्वास्थ्यकर्मि उपस्थित हुनु पर्ने माग गरिएको छ। डयुटी समयमा डाक्टर तथा स्वास्थ्य कर्मिको सम्पर्क नं. तथा नाम पारदर्शि गर्न भनिएको छ। अस्पताल भित्र एटिएमको व्यवस्था र टिकट काउन्टर तथा औषधिको काउन्टरमा क्यूआर पेमेन्टको व्यवस्था गर्न माग गरिएको छ। सरकारले तोकेको ९८ प्रकारको औषधी २४ सौ घण्टा उपलब्ध गराउन भनिएको छ। ओ.पि.डि समय १० देखि ४ बनाउन भनिएको छ।
उपमहानगरपालिकाको मापदण्ड बमोजिम कम्तीमा १०० शैयाको अस्पताल हुनु पर्ने भएकोले अस्पतालको शैयाको संख्या बढाउनु पर्नेमा ध्यानाकर्षण गराइएको छ। रेफर प्रणालीको अन्त्य गरी प्रत्येक बिमारीको उपचार अस्पतालबाट हुनु पर्ने व्यवथा मिलाउन भनिएको छ। राजनैतिक नियुक्ति अन्त्य गरी दक्ष, योग्य र इमान्दार डाक्टर तथा कर्मचारीको व्यवस्था गर्न भनिएको छ। स्वास्थ्य सेवा सम्बन्धी आवश्यक सामग्रीको व्यवस्थापन गरी चिकित्सक तथा कर्मचारीलाई पायक सेवा, सुविधा उपलब्ध गराउन समेत भनिएको छ। स्वास्थ्य सेवामा नागरिकको सहज पहुंचको साथै शिघ्र छिटो, छरितो र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्थापन गर्न पत्रमा भनिएको छ।
विमाको उपचार तथा विमाको औषधीको लागि घण्टौ लाइनमा बस्नु पर्ने समस्याको अन्त्य गरी बिमितहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउन ध्यानाकर्षण पत्रमा भनिएको छ। प्रादेशिक अस्पतालबाट हुने ल्याब टेष्ट तथा ब्लड क्रस म्याचिङ्गको शुल्क आधि गर्न भनिएको छ। बारा जिल्लाको बिरामीको उपचार बारा जिल्लामै होस हरेक साना तिना विरामीको लागि अकी जिल्लाको अस्पताल तथा निजि अस्पताल धाउनु नपरोस भन्ने चाहना रहेको ध्यानाकर्षणपत्रमा जनाइएको छ। कलैयां अस्पतालबाट प्रदान गरिने सेवा छिटो, छरितो गुणस्तरीय र प्रभावकारी रुपमा प्रदान गर्न भनिएको छ। जेन्जी एण्ड युथ अफ बारा कलैया उपमहानगरपालिकाका संयोजक सौरभ पाण्डेको टोलिले सर्वदलीय छलफल गर्दै प्रादेशिक अस्पताल कलैया व्यवस्थापन समितिका अध्यक्ष जवाहिर अन्सारीलाई पत्र बुझाइएको हो।
उक्त छलफल कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह,जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अजय कुमार गुप्ता,अनिल चौरसिया, यूवाहरु सौरभ चौगाई,संजय चौधरी,एजाजुल अन्सारी,राज गुप्ता,अशोक पाण्डे,लक्ष्मी नारायण ब्याहुत,आनन्द गुप्ता,मुरारी सरार्फ लगायतको सहभागिता रहेको थियो।

