वीरगञ्जमा तिहार र छठपर्बको लागि माटोको सामान लिएर आउनेसित अबैध रकम असुली भईरहेको ब्यापारीहरुले बताएका छन् ।
भारतबाट माटोको सामान लिएर बिक्री गर्नको लागि वीरगञ्ज ल्याउदा वीरगञ्ज भन्सार कार्यालयमा बिचौलियाहरुले अबैध रकम असुल्ने गरेको ब्यापारीहरुले गुनासो गरेका हुन्।
भारतको गुजरात राजकोटबाट माटोको दियो लिएर बिक्रीका लागि वीरगञ्ज आएका एक जना ब्यापारीले भन्सारमा राजश्व पनि तिर्नुपर्ने र बिचौलियाहरुलाई समेत रकम दिनु्पर्ने बाध्यता रहेको बताएका छन् ।
शुरु भएको तिहार र छठपर्बमा माटोको दियो,कलश,ढकना, खपरी,हात्ती लगायतका विभिन्न सामानहरुको आवश्यकता पर्ने गरेका कारणले पर्सासँगै मधेस प्रदेशका अन्य जिल्लाबाट पनि वीरगञ्जमा माटोको सामान बिक्री गर्न ब्यापारीहरु आएका छन् ।
माटोको सामानको पुल थाप्नको लागि गुजरातको एक कारखानाबाट दुई लाखको माटोको दियो लिएर आएपछि वीरगञ्ज भन्सार कार्यालयमा बिचौलियालाई रकम दिनुपरेको एक जना पसलेले बताएका छन ।
उनले वीरगञ्ज भन्सार कार्यालयका हाकिम तथा कर्मचारीहरुले बिना भन्सार गराई माटोको समान नेपाल ल्याउन नपाईने भन्दै भन्सार गराउन भनेपछि भन्सारमा राजश्व तिरेको ती पसलेले बताए ।
भन्सारमा राजश्वसंगै बिचौलियाहरुले पनि रकम मागेर हैरान पारेकाले उनीहरुलाई पनि ठाउँठाउँमा रकम दिएको ती पसलेको भनाई छ ।
भारतबाट माटोको दियो लिएर वीरगञ्ज आउदा तीन दिनसम्म भन्सारमै सामान रोकिएको हुनाले माटो दियो फुटेको बताए ।
दियो फुटेपछि पैसा तिरेर ल्याएकोमा घाटा लाग्ने निश्चित भईसकेको ती ब्यापारीको दुखेसो छ ।
उनले तिहार र छठपर्बको बेलामा मात्रै माटोको सामान भारतबाट लिएर बिक्रीका लागि वीरगञ्ज आउने गरेकोमा यसपालि भन्सारमा झन्झटसँगै ब्यापार पनि कम भएकाले घाटामा गएकाले अर्को वर्ष देखि माटोको सामान लिएर वीरगञ्ज नआउने मनशाय बनाएको ति पसलेले जानकारी दिए ।









