भ्रष्टाचारको अभियोगमा आरोपत्र दायर

रासस
395 पाठक संख्या

पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनालाई गैरकानुनी लाभ वा हानि पु-याएको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले सो नगरपालिकाबाट आव २०७९/८० मा वडा नं २ अन्तर्गत सडक मर्मतका लागि बोलपत्र सूचना राष्ट्रियस्तर वा स्थानीय समाचार पत्रमा प्रकाशन गर्नुपर्नेमा सूचना प्रकाशन नै नगरी झुठा बिल, भर्पाई बनाउन लगाई भुक्तानी दिइ–लिइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रशासकीय अधिकृत मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र जनप्रतिविम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक सञ्जयकुमार साहलाई प्रतिवादी बनाएर आरोपपत्र दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु ६५ हजार कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय गरी बिगो असुलउपर हुन मागदाबीसहित विशेषमा आरोपपत्र दायर गरिएको बताउनुभयो ।

Leave a review

This will close in 0 seconds