काठमाण्डौ : नेपला प्रहरीका जनपथ प्रहरीतर्फको प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका दुई जना प्रहरी उपरीक्षकहरू दज्र्यानी चिन्हद्वारा शुक्रबार सुशोभित हुनुभएको छ ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ चैत ७ गतेको निर्णयअनुसार प्रहरी उपरिक्षकमा बढुवा हुनु भएका ज्ञानेन्द्र बहादुर बस्नेत र रबिन कार्कीलाई दज्र्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो ।
बस्नेत र कार्कीद्धयलाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक मारोहबीच नव नियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले दज्र्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक थापाले दज्र्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।
उहाले आगामी दिनमा सांगठनिक हित र विकासलाई केन्द्रमा राखी थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
पदोन्नति हुनुभएका प्रहरी अधिकृत बस्नेत र कार्कीले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि प्राप्त जिमेवारीलाई जोश र उर्जाका साथ कर्तव्य वहन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

