निर्धारित समयमा निर्वाचन हुन नसके फेरी अर्को द्धन्द हुनेः पूर्वमुख्यमन्त्री सोनल

साझेदारी दैनिक
287 पाठक संख्या

कलैया : मधेस प्रदेश सरकारका पुर्वमुख्यमन्त्री एवम लोकतान्त्रीक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनलले अहिले ताजा जनादेशको विकल्प नरहेको बताएका छन। बाराको कलैयामा मिडिया काउन्सिल मधेस प्रदेशले बुधवार आयोजना गरेको संचारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठीमा सम्बोधन गर्दै नेता सोनलले यस्तो बताएका हुन ।

उनले फागुन २१ मा तोकिएको समयमै निर्वाचन हुनुपर्ने बताए । निर्धारित समयमा निर्वाचन हुन नसके देशमा फेरी अर्को द्धन्द वा आन्दोलन हुने नेता सोनलको भनाई छ । केही ठुला दहरुको द्धयत्र चरित्रका कारण धेरैलाई निर्वाचन हुदैनकी भन्ने डर फैदा भएको बताउदै सरकारले दृढताका साथ निर्वाचन गराउन लागे सवै दलहरु सहभागि हुने सोनलको भनाईछ । केही ठुला दलहरुले एकातर्फ संसद पुर्नस्थापनाको कुरा गर्ने र अर्कोतर्फ निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिरहेकाले निर्वाचन हुने शंका नर्गन उनले आग्रह गरे ।

नेता सोनलले सरकारलाई फागुन २१ को निर्वाचन शन्तिपुर्ण, भयरहित र निष्पक्ष गराउन खबरदारी गर्न सवै पक्षलाई आग्रह गरेका छन । कार्यक्रममा सम्बोधन गर्दै नेता सोनलले संघीय आएको भनिएपनि अझैपनि पुर्णरुपमा कार्यान्वयन हुन नसकेकोमा दुख व्यक्त गरे । उनले अझैपनि यस्ता धेरै अधिकारहरु केन्द्रले नै केन्द्रिकृत गरेकाले प्रदेश सरकारहरु निर्वाद रुपमा संचालन हुन नसकेको आरोप लगाए । प्रदेश प्रहरी ऐन लगायत थुप्रै कानुन केन्द्रले नपठाउदा प्रदेश संचालनमा समस्या भईरहेको पुर्वमुख्यमन्त्री समेत रहेका नेता सोनलको भनाई छ ।

यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री सोनलले संघीयताको उपज नै प्रदेशमा गठित संचारक्षेत्र र संचारकर्मीको हकहितमा काम गर्ने मिडिया काउन्सिल, आम सञ्चार प्राधिकारण जस्ता निकायहरुले जिल्ला जिल्लामा काम गरिरहेको बताएका छन । उनले संचारमाध्य र संचारक्षेत्रको संख्यात्मक वृद्धिसंगै गुणात्मक वृद्धि तथा दिगोपनाका लागि प्रदेश सरकार, मिडिया काउन्सिल,स्थानीय सरकार, संघ सरकारले काम गर्न जरुरी रहेको बताए ।

Leave a review

This will close in 0 seconds