कलैया : पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। तीन किलो एकसय २० ग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित एक भारतीय नागरिकलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ पर्नेमा भारत विहार राज्य पश्चिम चम्पारणग्राम नरकटिया वडा नं ११ वस्ने वर्ष २६ को सुमित कुमार रहेका छन्। विशेष सूचनाको आधारमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं २ स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा जगरनाथपुरबाट जानकीटोला तर्फ आउदै गरेको बिआर २२ बिएल ०६३२ नं.को मोटरसाइकललाई रोकि जाँच गर्दा सुमित पक्राउ परेका हुन्।
सुमित कुमारको शरीरबाट लागुऔषध गाजाँ जस्तो देखिने पदार्थ ३ किलो १२० ग्राम (प्लाष्टिक सहीत) प्लाष्टिकले शरीरमा बेरिएको अवस्थामा फेला परेको छ। उनीसंग भारु २६ हजार पाँच सय नगद समेत बरामद भएको छ। लागु औषध र मोटरसाइकल समेत नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

