Sajhedari Daily
Latest News from Nepal

प्रहरी उपरीक्षक अधिकारी बागमती प्रदेश प्रहरी कार्यालयबाट सम्मानित

प्रहरी उपरीक्षक नवराज अधिकारी बागमती प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका छन ।

प्रदेश प्रहरी कार्यालयले उपरिक्षक अधिकारीलाई उत्कृष्ट प्रहरी घोषणा बुधवार हेटौडामा आयोजित ६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मानित गरेको हो ।

प्रहरी उपरीक्षक अधिकारीले प्रहरी परिचालन, व्यवस्थापन, समन्वय, अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय कार्य गरेको भन्दै उनलाई प्रदेश प्रहरी प्रमुख प्रकाशजङ्ग कार्कीले प्रशंसापत्र सहित सम्मान गरेका हुन ।

प्रहरी उपरीक्षक अधिकारी प्रहरी संगठन भित्र एक ईमान्दार , निडरका साथै अपराध अनुसन्धानमा समेत अब्बल प्रहरी अधिकृत मानिन्छन् ।

अधिकारी यसअघि बारा जिल्लामा प्रहरी नायब उपरीक्षक भएर तथा कपिलवस्तु जिल्लामा प्रहरी उपरीक्षक भएर उत्कृष्ट काम गरिसकेका छन।

Comments are closed.

error: Content is protected !!