बारामा अवैध गाँजा खेती फडानी तथा नष्ट

साझेदारी दैनिक
292 पाठक संख्या

कलैया : प्रहरी कारवाहीको सिलसिलामा बारा प्रहरीले आठ कठ्ठा खेतमा लगाएको अवैध गाँजा खेती फडानी तथा नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी नायब निरीक्षक आस महम्मद अंसारीको कमाण्डमा खटिएको प्रहरी टोलिले सो गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन्।

उनका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका वडा नं.१२ स्थित रहेको कुलिया टोल क्षेत्रमा अवैध रुपमा लगाएको गाँजा खेती ८ कट्ठा क्षेत्रफलमा रहेको करिब ११–१२ सय गाँजाका बोटहरू फडानी गरि नष्ट गरिएको हो।

Leave a review

This will close in 0 seconds