किर्ते नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष यादव पक्राउ

साझेदारी दैनिक
535 पाठक संख्या

सर्लाही : सर्लाही जिल्लामा एक जना वडाअध्यक्ष पक्राउ परेका छन । नागरिकता किर्ते सिफारी गरेको आरोपमा सलाहीको पर्सा गाउपालिका वडा नं.४ का वडा अध्यक्ष सुवोधराय यादव आइतबार पक्राउ परेका हुन ।

उनले गलत व्यक्तिलाई नेपाली नागरिकतामा सिफारिश तथा सनाखत गरेको आरोप छ । वडाअध्यक्ष यादवले पाँच जना व्यक्तिहरूको झूठा वतन तथा झूटा विवरण समेत पेश गरि सिफारिस तथा सनाखत गराई जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र दिलाएको र लिन खोजेको कसूरमा उनलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको छ।

वडा अध्यक्ष यादवले स्थानीय सोनु साह,पप्पु साह सुडि,श्रावण साह,राम दयाल साह र किसन रौनियारको नया नागरिकता बनाउनलाई किर्ते सिफारिस गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले बताएका छन ।

अनुसन्धान कारवाही गर्ने भनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पत्र प्राप्त हुन आएकोले यस कार्यालयको कसूर दर्ता किताबमा नागरिकता सम्बन्धि कसूर मुद्दा दर्ता गरिएको नायब उपरिक्षक राईले बताए ।

पक्राउ परेका वडाअध्यक्ष यादवलाई सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भई रहेको सर्लाही प्रहरीले जनाएको छ।

Leave a review