वीरगंजमा कर्फ्यू आदेश हटाइयो

साझेदारी दैनिक
227 पाठक संख्या

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केही क्षेत्रमा जारी गरिएको कर्फ्यू आदेश हटाएको छ। प्रशासनका अनुसार आज अपरान्ह ३:३० बजेदेखि लागू हुने गरी वीरगंज महानगरपालिकामा जारी कर्फ्यू आदेश हटाइएको हो।

आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा भएको सहमति तथा हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था क्रमशः सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय तथा दैनिक जीवनयापन सहज बनाउनुपर्ने निष्कर्षका आधारमा कर्फ्यू आदेश हटाइएको प्रशासनले जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सूचनामा सबै नागरिकलाई शान्ति, कानून र सामाजिक सद्भाव कायम गरि सहयोग गर्न अनुरोध गरिएको छ।

जिल्ला सुरक्षा समितिको पुस २१ र २२ गतेको निर्णयअनुसार जिल्लामा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरिएको थियो।

Leave a review