बाघले मार्‍यो मानिस

साझेदारी दैनिक
230 पाठक संख्या
सांकेतिक तस्वीर

कलैया । बारामा जंगली बाघले आइतबार एक मानिसलाई मारेको छ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नंं.४ स्थित प्रगतिशिल सामुदायिक वनमा उक्त घटना भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले जानकारी दिए।

बाघले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ निवासी ५५ वर्षीय छेवाङ्ग लामालाई मारेको उनले जानकारी दिए। अस्थायी प्रहरी पोष्ट औराहामा बाघले आक्रमण गरी मारेको भनि खबर प्राप्त भएको हो।

सो खबरको साथ प्रहरी हवल्दार नविन काफ्लेको कमाण्डमा र तालुक इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीको कमाण्डमा मुचुल्का सहितको टोलि खटि गएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

Leave a review