Sajhedari Daily
Latest News from Nepal

नेरामावि प्रस्टोकाका शिक्षकहरु शान्ति सुरक्षाको माग गर्दै आन्दोलीत

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ प्रस्टोकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरू शान्ति सुरक्षाको मागगर्दै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन ।

सोही वडाका वडाध्यक्ष बृजकिशोर कुश्वाहाले पटकपटक विद्यालयमा आएर प्रधानाध्यापक सहित शिक्षकहरुलाई गालीगलौज गर्ने र आक्रमणको धम्की दिन थालेको भन्दै शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनु परेको विद्यालयका प्रधानाध्यापक पवन सिंहले बताएका छन ।

शिक्षकहरुले वडाध्यक्ष कुश्वाहालाई कारवाही गरि शान्ति सुरक्षाको मागगर्दै जिल्ला प्रशासन कार्यालय बारामा उजुरी समेत दिएका छन । वडाध्यक्ष कुश्वाहालाई कारवाही नभएसम्म र शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म आफुहरु विद्यालय नजाने प्रधानाध्यापक सिंहले जनाएका छन ।

Comments are closed.

error: Content is protected !!