कलैया । बारा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईन्जिनियर अरविन्द साहले घरदैलोलाई तीव्रता दिएका छन्।
कलैया उपमहानगरपालिका वडा नं. २५ अन्तर्गत सिसहनिया र ढोरिया टोलमा उनले मंगलबार घरदैलो गरेका हुन्। उनले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।
स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई आफ्नो प्राथमिकतामा रहेको उनले घरदैलोको क्रममा बताएका हुन्। यूवा पुस्ताको अवसर अभावलाई अवसरमा परिणत गर्ने बताएका छन्। वैदेशिक रोजगारीको बाध्यता तथा सीपमूलक तालिमको आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धता उनले मतदातासंग घरदैलोको क्रममा व्यक्त गरेकाछन्।
यसअघि विभिन्न स्थानमा जेनजी युवासँग गरिएको छलफलको सन्दर्भ उनले उल्लेख गरे। युवाको आवाज सरोकारवालासंग पुर्याउने र उद्यमशीलता प्रवद्र्धनमा जोड दिने उनले बताए। वडा इकाई मार्फत पार्टी संगठन सुदृढ गर्दै जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने रणनीतिबारे पनि उनले मतदातालाई बताएका थिए।
घरघरमा पुगेर साहले आफ्नो योजना तथा प्राथमिकताबारे प्रष्ट पारेका थिए। आगामी निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
मतदाताले सडक, खानेपानी, कृषि तथा युवा अवसर सम्बन्धी समस्या सुनाएका थिए। उनले सुझाव समेत दिएका थिए। उनले विभिन्न टोल तथा बस्तीमा घरदैलो, अन्तरक्रिया र छलफल कार्यक्रमलाई निरन्तरता दिने उनको टोलीले जानकारी दिएको छ।

