नेपाल मुस्लिम संघले गठन गर्‍यो केन्द्रीय प्रचार–प्रसार समिति

संदिप प्रसाद यादव
438 पाठक संख्या

कलैया । नेपाल मुस्लिम संघले देश भरिकै नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउने उद्देश्यका साथ २१ सदस्यीय केन्द्रीय प्रचार प्रसार समिति गठन गरेको छ।

अतावली मन्सुरीको संयोजकत्वमा प्रवेज आलम अन्सारीको सह संयोजकत्वमा सो समिति गठन भएको हो। संघको सोमबार मधेश प्रदेशको राजधानी जनकपुरस्थित नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै सो समिति गठन गरेको हो।

समितिका सदस्यमा मो. जब्बारदिन मिया, महम्मद सहाबुदिन,सरफराज शेख,सकिना खातुन,रजनी मियाँ,जमिला मायाँ,रहिम मियाँ,मो. अखतर अली,शेष मुनिर अहमद,अफजल हुसेन,अब्दुल करिम,मो नइमुदिन भाट, इसुफ नदाफ, ,साकिर उदिन, फुलमहम्मद मंसूर, असुरदिन मियाँ, साजिया बानु, रोशन खान र अफरोज आलम अंसारी रहेका छन्। संघले जिल्ला संयोजक समेत तोकेको छ।

उक्त समितिले निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूको पक्षमा प्रचार–प्रसार कार्यलाई प्रभावकारी, व्यवस्थित तथा परिणाममुखी बनाउने उद्देश्यका साथ देशभर समन्वयात्मक रूपमा काम गर्ने जनाइएको छ।

पार्टीको नीति, सिद्धान्त तथा कार्यक्रम जनता माझ पुर्‍याउदै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र सुदृढीकरणमा समितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

नेपाल मुस्लिम संघले गठित केन्द्रीय प्रचार–प्रसार समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई एकताबद्ध भई सहयोग गर्न आग्रह समेत गरेको छ।

Leave a review