कलैया । राष्ट्रिय स्वतन्त्र पार्टीलाई झटका लागेको छ। पर्टीको मधेश प्रदेशी संस्थापक अध्यक्ष ममता शर्माले साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएकी छन्।
उनले राजिनामा पत्र केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं, नेपालमा पठाएकी हुन्। उनले राजिनामा पत्रमा आफ रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य रहेको उल्लेख गरेकी छिन्।
२०७९ श्रावण १० गतेदेखि आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएको उनले राजिनामापत्रमा जनाएकी छन्।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको छु उनले राजिनामा पत्रमा लेखेकी छन्।
संगठनमा दिनरात खटिएका क्षमतावान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको , पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथी आंच आउने परिस्थिति बनेको छ;उनले राजिनामापत्रमा भनेकीछन्। यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।
त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु, उनले लेखेकी छन्। यस अवधिसम्म पार्टीले दिएको अभिभावकत्व, सहकार्य र अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु, उनले राजिनामा पत्रमा भनेकी छन्।

