ग्यालेक्सी बिजनेस कलेजमा फुड फेस्टिवल भव्य रूपमा सम्पन्न

संदिप प्रसाद यादव
198 पाठक संख्या

कलैया । ग्यालेक्सी बिजनेस कलेजको आयोजनामा फुड फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। कलेज परिसरमा उत्साह, उमंग र रौनकताका साथ सो महोत्सव भएको हो।

कार्यक्रमको उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल नम्रता रिसालले गरिन्। उनले रिवन काटी खाना महोत्सवको उद्घाटन गरिएको हो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, व्यवस्थापन सीप तथा उद्यमशील सोच विकास गर्न महत्वपूर्ण योगदान पुग्ने रिसालले बताइन्।

विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित उक्त महोत्सवमा परम्परागत नेपाली परिकार राखिएको थियो। सो महोत्सवमा लोकप्रिय अन्तर्राष्ट्रिय खानासम्मका विविध स्वादहरू प्रस्तुत गरिएका थिए। प्रत्येक स्टललाई आकर्षक रूपमा सजाइएको थियो। विद्यार्थीहरूले आफ्नै योजना, लगानी र व्यवस्थापनमा परिकार तयार गरी बिक्री वितरण गरेका हुन्।

विद्यार्थिहरूको सिर्जनशीलता, टोली भावना र व्यवसायिक अभ्यासलाई प्रत्यक्ष रूपमा अभिव्यक्त गरेको छ। कार्यक्रम केवल खाना मात्र थिएन। त्यहाँ हाँसो–खुसी र मित्रतापूर्ण वातावरणले रौनक थपेको थियो। विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको कार्यक्रममा सहभागिता रहेको हो।

कार्यक्रम सफल बनाउन अथक परिश्रम गर्ने सम्पूर्ण विद्यार्थी, प्राध्यापक, व्यवस्थापन टोली तथा आयोजकहरूलाई कलेज प्रशासनले धन्यवाद ज्ञापन गरेको छ। फुड फेस्टिवल २०८२ ले ग्यालेक्सी बिजनेस कलेजमा एकता, सहकार्य र सिर्जनशीलताको सन्देश फैलाउँदै अविस्मरणीय छाप छोडेको जनाइएको छ।

Leave a review