कलैया उपमहानगरपालिका-१० निलकण्ठवामा आगलागी हुँदा मन्सुरीको घर जलेर नष्ट

साझेदारी डेलि
266 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नं. १० निलकण्ठवा निवासी उजेर हुसेन मन्सुरीको घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

गोठालो क्षेत्रमा रहेको मन्सुरीको घरमा अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन्। आगलागीमा घरभित्र रहेका लत्ताकपडा, अन्नबाली तथा अन्य घरेलु सामग्री जलेर नष्ट भएको हो।

पीडित परिवारका अनुसार आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।

स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

Leave a review

This will close in 0 seconds