बाराका चारै क्षेत्रमा रास्वपाको प्रभाव,समानुपातिकमा झण्डै एक लाख ७६ हजार मत

रञ्जन यादव
251 पाठक संख्या

जीतपुर : बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरेको छ।

जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार रास्वपाले समानुपातिक तर्फ कुल १ लाख ७६ हजार ६७ मत प्राप्त गरेको छ । जिल्ला निर्वाचन प्रमुख नविन चौधरीका अनुसार क्षेत्रगत रूपमा हेर्दा बारा–१ मा ४२ हजार १ सय ७१, बारा–२ मा ३९ हजार ६ सय १९, बारा–३ मा ४३ हजार ८ सय ५६ र बारा–४ मा ५० हजार ४ सय २१ मत रास्वपाले प्राप्त गरेको हो ।

यसअघि सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा पनि रास्वपाले बाराका चारै क्षेत्रमा विजय हासिल गरेको थियो । बारा–१ बाट गणेश धिमालले ३९ हजार ९ सय ९८, बारा–२ बाट चन्दन कुमार सिंहले ३५ हजार ५ सय ९०, बारा–३ बाट अरविन्द सिंहले ४० हजार ६ सय ९७ तथा बारा–४ बाट रहबर अन्सारीले ४१ हजार २ सय मत प्राप्त गर्दै विजयी भएका थिए ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राप्त मत परिणामले बारामा रास्वपाको प्रभाव बलियो देखिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a review