विभिन्न माग राख्दै राहत शिक्षकहरु आन्दोलित

साझेदारी दैनिक
साझेदारी दैनिक 330 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराका राहत शिक्षकहरुले विभिन्न माग गर्दै चरणबद्ध आन्दोलन गर्ने भएका छन । स्थानीय तहले मनोमानी ढंगले राहत शिक्षकलाई सरुवा तथा दरबन्दी मिलानको बहानामा अनावश्यक दुःख दिन थाले पछि राहत शिक्षकहरु आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन ।

बुधवार राहत शिक्षक संघर्ष समितिको जिल्ला भेलाले विभिन्न चरणबद्ध रुपमा कार्यक्रमको घोषणा गरेका हो। पेशागत सुरक्षाको लागि राहत शिक्षकहरुले पहिलो चरणमा जिल्लाका १६ वटा पालिका प्रमुख र प्रशासकिय अधिकृतलाई ध्यानाकर्षणपत्र दिईने । यसबाट पनि समास्या समाधान नभए बाध्य भएर जुलुस, तालाबन्दी, शैक्षिक संस्था हडताल लगायतका कार्यक्रमहरु गरिने राहत शिक्षक पन्नालाल दासले बताएका छन ।

विभिन्न समयमा नेपाल सरकार शिक्षा मन्त्रालय, विभाग, मन्त्रीस्तरीय वार्ता, सम्झौता र पेशागत संगठन शिक्षक महासंघ संग भएको सम्झौता कार्यन्वयनको चरणमा छ।

राहत शिक्षक अनुदान कोटालाई दरबन्दीमा परिणत गर्ने निर्णय समेत कार्यन्वयन भएको छैन। नेपाल राहत शिक्षक देशभर करिब ४२ हजारको संख्यामा रहेका छन्। नेपाल संघिय ऐन २०२८ र नियमावली २०५९ कायम रहेको नेपाल राहत शिक्षक संघका केन्द्रिय सहअध्यक्ष विनोद पासवानले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review