जब प्रजिअ आफै नागरिकता फाटमा बसे…

साझेदारी डेलि
429 पाठक संख्या

रौतहट । प्रिमेश शिवाकोटी/ बुधबार (आज ) जिल्ला प्रशासनमा अनौठो दृश्य देखियो । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल आफै नागरिकता फाटमा बसेर सेवा प्रवाह गरिरहेका थिए । पछिल्लो समय कार्यालयमा सेवाग्राहीको चाप बढ्दै जाँदा नागरिकता फाँटमा अत्यधिक भीडभाड देखिएपछि प्रमुख जिल्ला अधिकारी भुसाल स्वयं फाँटमा खटिएर सेवा प्रवाहलाई व्यवस्थित बनाउनमा सक्रिय भएका छन् ।

कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवाग्राहीको उच्च उपस्थिति देखिए पछि सेवामा कुनै अवरोध वा असहजता नहोस् भन्ने उद्देश्यले प्रजिअ भुसाल प्रत्यक्ष रूपमा सेवाग्राहीसँग समन्वय गर्दै सहजीकरण गर्न सक्रिय बनेका हुन । उनको उपस्थितिले नागरिकता फाँटमा देखिएको अव्यवस्था नियन्त्रणमा आउनुका साथै सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा प्राप्त हुन थालेको सेवाग्राहीले बताए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साहका अनुसार सेवाग्राहीलाई सन्तुष्ट बनाउदै काम सकाएर फर्काउने उद्देश्यले प्रजिअ स्वयं फाँटमा बसेर काम गरिरहनु भएको छ,- “सेवा लिन आउने नागरिकलाई कुनै समस्या नहोस् भन्ने हिसाबले उहाँले प्रत्यक्ष निगरानी र सहजीकरण गरिरहनु भएको छ,साहले भने ।”

प्रजिअको सक्रियता प्रति सेवाग्राहीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यसले सेवा प्रवाहमा सुधार आएको स्थानीय राजकुमार गुरागाईले बताए । प्रशासनको यस प्रकारको पहलबाट सरकारी सेवाप्रति नागरिकको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

Leave a review

This will close in 0 seconds