Sajhedari Daily
Latest News from Nepal

प्रणामी परिवार र प्रणामी सञ्जालको संयुक्त आयोजनामा न्यानो कपडा वितरण

काठमाण्डौँ, २५ पुुस
प्रणामी परिवार र प्रणामी सञ्जालको संयुक्त आयोजनामा सृजनशील अपाङ आवाज नेपाल मैजुवहाल चावहिल काठमाण्डौंमा मानव सेवा आश्रम सामाखुसीमा न्यानो कपडा वितरण गरिएको छ ।
परिवार र सञ्जालले ससृजनशील अपाङ आवाज नेपालमा आश्रित बालबालिकाहरुको लागि ५ थान फाईबर सिरक र मानव सेवा आश्रमका लागि १० थान फाईबर सिरक वितरण गरिएको प्रणामी सञ्जालका संचालक दिपक पाण्डेले जानकारी दिनुभयो ।
प्रणामी परिवार र प्रणामी सञ्जाल को सयुक्त आयोजनामा संचालन भइरहेको रात्रिकालिन जुम अनलाईन सत्सङ्ग कार्यक्रम र एकल अनलाइन भजन प्रतियोगितामा केही भक्तजनबाट प्राप्त सहयोग रकमबाट प्रथम चरण अन्तरगत उक्त न्यानो कपडा वितरण गरिएको अनलाईन सत्सङ्ग कार्यक्रमका संयोजक सुभाष घिमिरेले बताउनु भयो ।
कृष्ण प्रणामी धर्मका वर्तमान सतगुरु विभुषित आचार्य कृष्णमणि महाराजको ५७ औ शुभ जन्मोत्सवको अवसर पारेर दिनदुखीको सेवामा समर्पित भएर सेवा गर्नु नै मुल उदेश्यले न्यानो कपडा सहयोग गरिएको प्रणामी परिवारका संचालक सञ्जय मुडभरीले बताएका छन ।
सेवामा जोडिएर सहयोग गर्नुहुने सम्पुर्ण सुन्दरसाथ भक्तजनमा हार्दिक धन्यवाद दिदै कार्यक्रम निरन्तर चलिरहने संयोजक घिमिरेले जनाए । न्यानो कपडा वितरण कार्यक्रममा अनलाईन सत्सङ्ग कार्यक्रम प्रस्तोता सोनु उप्रेतीको समेत उपस्थिति रहेको थियो ।

Comments are closed.

error: Content is protected !!