पद्यम कन्या बहुमुखी क्याम्पसको इकाई अध्यक्षमा कँडेल

साझेदारी दैनिक
632 पाठक संख्या

अनिलकुमार साह
काठमाडौं, २७ फागुन

नेविसंघ नेतृ सगुन कँडेल पद्मकन्या क्याम्पस इकाईकाे अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त भएकी छन् ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज कँडेललाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । कँडेल स्ववियु सभापतिकाे आकांक्षी थिईन् ।

नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले इकाईहरुको विवरण माँगे बमोजिम नेपाल विद्यार्थी संघ मद्यमकन्या बहुमुखी क्याम्पसमा इकाई अध्यक्ष पद रिक्त रहेकोले नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौँ संसोधन २०७५ बमोजिम तीन महिना भित्र इकाई अधिवेशन सम्पन्न गर्ने गरी उनलाई सो पदमा नियुक्ति गरिएको जनाइएको छ।

अध्ययनमा अब्बल कँडेल विद्यार्थीका शैक्षिक मुद्दामा सक्रिय रहँदै आएकी छन् । उनले चैत ५ गते हुने स्ववियु निर्वाचनमा पद्मकन्या क्याम्पसमा नेविसंघ नेतृत्वकाे टिमलाई विजयी बनाउनु आफ्नाे प्रमुख दायित्व हुने बताएकी छन् । पद्मकन्या क्याम्पस नेविसंघकाे गढका रूपमा परिचित छ ।

Leave a review

This will close in 0 seconds