पर्सामा लागूऔषध गाँजा जस्तो पदार्थसहित चार भारतीय नागरिक पक्राउ

साझेदारी डेलि
87 पाठक संख्या

कलैया । पर्सा प्रहरीले गाँजा जस्तो देखिने लागूऔषधसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत विहार पश्चिम चम्पारण जिल्ला वेतिया थाना नगर निगम वडा नं. ३३ बस्ने ३५ वर्षीय सफि अहम्द ,थाना मझमलिया ग्राम सरेसवर वडा नं.९ बस्ने ३३ वर्षीय विनय ठाकुर, थाना नौराङावाद वडा नं. ३३ बस्ने ३० वर्षीय मुकिम मियाँ र थाना मिनाबजार वडा नं. २५ बस्ने २८ वर्षीय महम्द एकवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनीहरूको साथबाट प्लास्टिकबाहेक ६ केजी १८ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट क्षेत्रमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले भारत–नेपाल आवतजावत गर्ने पैदल यात्री तथा सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई संकास्पद अवस्थामा रोकी कानुनी प्रक्रिया अनुसार खानतलासी गर्दा पेट तथा छातीको भागमा रातो प्लास्टिकमा खैरो डोरीले बेरी लुकाइछिपाइ राखिएको लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिएका छन् ।

Leave a review