भूमिहीनलाई ३० दिनभित्र विवरण पेश गर्न वीरगञ्ज महानगरको सूचना

साझेदारी डेलि
81 पाठक संख्या

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले त्रिभुवन राजपथ विस्तार क्रममा प्रभावित भएका भूमिहीन तथा सम्पत्ति विहीन घरधनीहरूलाई राहत उपलब्ध गराउन विवरण पेश गर्न सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार उत्तर गण्डक चोकदेखि दक्षिण मितेरी पुलसम्मको सडक क्षेत्रमा पर्ने २५/२५ मिटर अतिक्रमण हटाउने क्रममा पूर्ण रूपमा भूमिहीन भएका तथा देशका अन्य कुनै पनि स्थानमा जग्गा नभएका घरधनीहरूलाई लक्षित गरी सूचना जारी गरिएको हो।

प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिल कुमार कर्णद्वारा जारी सूचनामा प्रभावित व्यक्तिहरूलाई नेपाल सरकारसँग राहत माग गर्न आवश्यक सम्पूर्ण प्रमाणसहित ३० दिनभित्र महानगरको सम्बन्धित कार्यालयमा विवरण पेश गर्न आग्रह गरिएको छ।

यस कार्यका लागि भूमी व्यवस्थापन तथा शहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गौरव कुमार झा (सम्पर्क नं. ९८१८८५४७१०) सँग सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।

Leave a review