Sajhedari Daily
Latest News from Nepal

सेनाद्धारा करैयामाईको उमजनमा निःशुल्क स्वास्थ्य शिविर संचालन,शिविरमा करिब तीन सय भन्दाबढिले स्वास्थ्य परिक्षण गराए

करैयामाई गाउपालिका वडा नम्बर ७ उमजनमा नेपाली सेनाले आईतवार निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
जनता माविको प्रङ्गणमा नेपाली सेनाको श्री नं.२८ बाहिनी अड्डाद्धारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा श्री चन्दननाथ गण र श्री नं. २८ फि.ए. का स्वास्थ्यकर्मी सम्मिलित नेपाली सेनाको टोलीले स्थानियहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरेको हो ।

शिविर करिब एक सय ५० जना महिला, एक सय जना पुरुष र ७० जना बालबालिका गरि करिब तीन सय भन्दा वढिले स्वास्थ्य परीक्षण गराउनुको साथै औषधी वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।

उक्त स्वास्थ्य शिविर कार्यक्रममा श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि जोनसन खड्का, श्री चन्दननाथ गणका गणपति प्रसे श्री श्याम शरण गोतामे लगायत स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो।

“दुःखको बेला नेपाली सेना, जनतासँग“ भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाईरसका कारण तथा आर्थिक विपन्नताको कारण औषधी उपचार गराउन नपाएका सर्व(साधारणहरुको उपचार गरिएको थियो ।

नागरिक सैनिक सम्वन्धलाई अझ बढि प्रगाढ बनाउँदै लैजानको निमित्त सामाजिक विकास मन्त्रालय नं २ प्रदेश, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, बारा जिल्लामा श्री चन्दननाथ गण र श्री नं २८ फिए. गुल्मको संयोजकत्वमा उक्त शिविर संचालन गरिएको हो ।

स्वास्थ्य परीक्षण गर्दा स्थानियहरुमा श्वाचस प्रश्वाास, ग्याष्ट्रिक, हाडजोर्नी, एलर्जि, पेट सम्बन्धिका रोगहरु बढि मात्रामा देखिएको र उक्त शिविरमा स्थानियहरुलाई सामान्य स्वास्थ्य परीक्षण, दन्त सेवा, ई. सी. जी. लगायतका सेवाहरु प्रदान गरि निःशुल्क औषधी वितरण गरिएको चन्दननाथ गणले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!