फेटा गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ३९ करोडभन्दा बढीको बजेट सार्वजनिक

साझेदारी डेलि
76 पाठक संख्या

कलैया । बाराको फेटा गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले गाउँपालिकाको १८ औं गाउँ सभामा एक कार्यक्रमविच नीति कार्यक्रम तथा बजेट पेश गरेका हुन्।

बजेटमा कृषि र पशु,समाजिक विकास,शिक्षा र खेलकुद स्वास्थ्य,भौतिक पूर्वाधार क्षेत्रलाई विषेश प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो।

जसमा संघीय सरकारबाट समानिकरण अनुदान नौ करोड ८९ लाख रुपैयाँको आय प्रक्षेपण गरिएको छ। यस्तै सशर्त अनुदान १४ करोड ३९ लाख रुपैयाँको आय प्रक्षेपण गरिएको हो। विशेष अनुदान ५१ लाख,समपुरक अनुदान २० लाख रुपैयाँको आय प्रक्षेपण गरिएको हो। राजस्व बाडफाड ८ करोड ७० लाख ४० हजार रुपैयाँ आय प्रक्षेपण गरिएको छ।

प्रदेश सरकारबाट समानिकरण अनुदान ६८ लाख रहेको छ। यस्तै राजस्व बाँडफाड ३० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ । त्यस्तै आन्तरिक राजस्व गत आर्थिक वर्षको मौज्दात चार करोड ४९ लाख ५७ हजार रुपैयाँ रहेको जनाइएको छ।

उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निलम साह,वडा अध्यक्ष,गाउँ कार्यपालिका सदस्य,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको तथा संचालन प्रशासन शाखाका सुनिलकुमार साहको रहेको थियो।

Leave a review

This will close in 0 seconds