बारासहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

साझेदारी डेलि
83 पाठक संख्या
सांकेतिक तस्वीर

बारा । जल तथा मौसम विज्ञान विभागले बारासहित देशका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही लगायत ३९ जिल्लामा बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेको छ।

त्यसैगरी गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली लगायत जिल्लाका साना नदीमा पनि मध्यम जोखिम रहेको विभागले जनाएको छ। यस्तै चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत आसपासका साना नदी–खोलामा पनि आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ।

बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सातै प्रदेशका साना नदी–खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

Leave a review

This will close in 0 seconds