लामो रस्साकस्सीपछि गरुडा नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत नाथु साहले सम्हाले जिम्मेवारी

Om Prakash Yadav
118 पाठक संख्या

रौतहट । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर देखिएको रस्साकस्सी, विवाद र अन्योल अन्त्य गर्दै रौतहटको गरुडा नगरपालिकामा उपसचिव नाथु साहले आजदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन ।

आज नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत नाथु साहलाई कार्यालयमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी तथा सरोकारवालाको समेत उपस्थिति रहेको थियो।

यसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका नीलम कुमार न्यौपाने को अन्यत्र सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उपसचिव नाथु साह गरुडा नगरपालिकामा सरुवा भई आजबाट औपचारिक रूपमा कार्यभार सम्हालेका हुन ।

गरुडा नगरपालिकामा केही समयदेखि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर विभिन्न विवाद र प्रशासनिक अन्योल देखिएको थियो।

नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाको प्रशासनिक कामकाजले गति लिने, सेवा प्रवाह थप प्रभावकारी बन्ने तथा विकास निर्माणका कामले नयाँ ऊर्जा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

असार मसान्तमा कार्यालय भन्दा बाहिर चेक काटेर यस अघिका प्रमुख प्रशासकिय अधिकृत नीलमकुमार बिवादमा तानिएका थिए ।

Leave a review

This will close in 0 seconds