बाल एकता टाईगरलाई पराजित गर्दै बाल एकता किङ्ग विजयी

संदिप प्रसाद यादव
2k पाठक संख्या

कलैया : बाल एकता टाईगरलाई पराजित गर्दै बाल एकता किङ्ग विजयी भएको छ।

बाल एकता बोर्डिङ स्कुलले आयोजना गरेको तीन दिने बाल एकता स्पटस कप क्रिकेट प्रतियोगिता शनिबार भएको फाइनल खेलमा बाल एकता टाईगरलाई पराजित गर्दै बाल एकता किङ्ग विजयी भएको हो।

फाइनल खेलमा बाल एकता किङ्गले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा १२४ रन बनाएको थियो । जसमा रोहित साहले २९ रन र अंकित यादवले २२ रन बनाएका थिए।

त्यस्तै बाल एकता टाईगरले दोस्रो ईनिङमा १४ ओभर ८७ रन बनाएर पराजित भएको हो। जसमा सुमन पण्डितले २७ रन बनाएका थिए।

किङ्ग ३७ रनले विजयी भएको मधेस प्रदेशका खेलाडी एवम् बाल एकता स्कुलका कोच कुमार थापाले बताएका छन्।

सो प्रतियोगितामा स्कुलका ३ वटा टिम बनाई माघ १७ गते बिहीबारदेखि सुरु भएको खेलको शनिबार एक कार्यक्रम बिच पुरस्कार वितरण गरिएको हो ।

शनिबार भएको फाइनल खेलमा दिपक यादव म्यान अफ द सिरिज,आसिफ शेष बेस्ट ब्याटम्यान,अर्शद अन्सारी बेस्ट क्याच र आदितपन सरार्फले बेस्ट बलरको ट्रफी हासिल गरेका छन् ।
त्यस्तै ईमर्जिङ्ग खेलाडीको बेस्ट फिल्डर लक्ष्य सरार्फ र सचिन यादवले ट्रफी हासिल गरेका हुन्।

त्यसैगरी फाइनल खेलको म्यान अप दि म्याच आदितपन सरार्फलाई प्रमुख अतिथि जिल्ला क्रिकेट संघ बाराका कोच शिव तण्डुकारले प्रदान गरेका थिए।
विजेता,उप–विजेता तथा तेस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफी,मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियोे ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल सुमोध कुमार सरार्फले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आफ्नै स्कुलका बिद्यार्थीहरुको बीच समूह बनाई क्रिकेट टूर्नामेंट आयोजना गरेको बताए ।

छिट्टै बाल एकता स्कुलले आफ्नै एउटा क्रिकेट क्लब गठन गरी खेलाडीहरुलाई अगाडी बढाउने साथै विशेष प्रशिक्षकको व्यवस्था गरेको प्रिन्सिपल सरार्फले बताए । उनले खेलाडीहरुमा लगानी गर्न र थप सहयोग गर्ने प्रतिबद्धता गरे ।

बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल सुमोध कुमार सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा होस्टेलका प्रबन्धक छाया सरार्फ,स्कुलका सिनियर लेखापाल जमिल अख्तर,जलेश्वर बैठा,अजय प्रजापति,स्कुलका अनुशासन इन्चार्ज कुन्दन द्विवेदी,विद्यार्थी तथा अभिभावकहरु लगायतको उपस्थिति रहेको थियोे।

सो कार्यक्रमको संचालन कक्षा –९ का बिद्यार्थी रोशन यादवले गरेका थिए।

Leave a review