कलैया । बाराको सिम्रौनगढमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ पर्सा टोलमा वस्ने ६० वर्षीया सायबुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।
बारा जिल्लाको सिम्रोनगढ नगरपालिका ६ पावर हाउसस्थित सडकमा सो दुर्घटना भएको हो। पर्सा टोलबाट इटवाल तर्फ जादै गरेको बिआरएडि ५६४२ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो।
मोटरसाइकल पछाडी सवार सायबुन खातुनको टाउको र दाँतमा चोट लागेको तथा उनको अबस्था गम्भीर रहेको हो। उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो।
मोटरसाइकल चालक सायबुनको छोरा २५ वर्षीय तबरेज अन्सारीलाई केही नभएको जनाइएको छ। मोटरसाइकल चालकले मादकपदार्थ सेवन नगरेको कागजपत्र नखुलेको,मोटरसाइकल निजले आफ्नो घरमा लगि राखेको प्रहरीले जनाएको छ।
वीरगञ्जमा उपचार गरि सन्चो नहुने अबस्था देखिएपछि उनको आफन्तले एम्बुलेन्समा राखि घरमा ल्याउदै गरेको अबस्थामा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिएका हुन्।


