नागपञ्चमी तथा महागंगा आरतीको अवसरमा कलैया सिटी जेसिजद्वारा प्रसाद वितरण

संदिप प्रसाद यादव
36 पाठक संख्या

कलैया । नागपञ्चमी तथा साउन महिनाको तेस्रो सोमबारको अवसरमा कलैया सिटी जेसिजले भक्तजनलाई प्रसाद वितरण गरेको छ।

बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरस्थित श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको शिव सरोवर पोखरीमा आयोजित महागंगा आरतीमा सहभागी भक्तजनलाई जेसिजले प्रसाद वितरण गरेको हो।

कलैया सिटी जेसिज वर्ष २०२६ का अध्यक्ष सन्दीपकुमार साहको आयोजनामा सोमबार प्रसाद वितरण कार्यक्रम गरिएको हो। कार्यक्रममा महागंगा आरतीमा सहभागी हजारौँ भक्तजनलाई प्रसाद वितरण गरिएको अध्यक्ष साहले जानकारी दिए। उनका अनुसार ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराका साथ प्रसाद वितरण गरिएको हो ।

प्रसाद वितरण कार्यक्रममा कलैया सिटी जेसिज वर्ष २०२५ का अध्यक्ष ओमप्रकाश सर्राफ, पूर्वअध्यक्ष सुभाष जयसवाल, आदिल अन्सारी, भोला साह, रोशन सहनी, धर्मेन्द्र यादवलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

साथै महागंगा आरती मूल समारोह समितिले कलैया सिटी जेसिजका अध्यक्ष साहलाई गम्छा ओढाई प्रशंसापत्रसहित सम्मान गरेको छ।

Leave a review