गरिमा चौधरी हत्या प्रकरण : हत्यारालाई कडा कारबाही गर्न नेपाली कम्युनिष्ट पार्टी बाराको माग

साझेदारी डेलि
45 पाठक संख्या

कलैया । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यारालाई कडा कारवाही गर्न नेपाली कम्युनिष्ट पार्टी बाराले माग गरेको छ। पार्टीका जिल्ला ईन्चार्ज रमेश कुमार यादव तथा संयोजक गिता कँडेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ भक्तिनगर निवासि श्री सरस्वती आधारभूत विद्यालय, दश विगाह नर्सरीमा अध्ययनरत बालिका गरिमा कुमारी चौधरी साउन ३१ गते बिहानदेखि सम्पर्क विहिन भएकी र बेपत्ता नाबालिका खोजविन गर्ने क्रममा भदौ २ गते उनको शव फेला परेको विज्ञप्तिमा उल्लेख छ।

आफ्नो घर नजिकैको एक घरमा विभत्स र अमानवीय ढंगले बलात्कार पश्चात हत्या गरिएको अवस्थामा शव फेला परेको घटनाले नेपाली कम्युनिष्ट पार्टी, बारा जिल्ला समिती निकै स्तब्ध र मर्माहत भएको विज्ञप्तिमा लेखिएको छ।

पछिल्लो समय तराई लगायत देशको विभिन्न भु–भागमा घटदै गएको अमानविय, कुर, पाशविक र जघन्य अपराधिक घटना प्रति पार्टि कमिटि घोर भत्र्सना तथा निन्दा गर्दछ विज्ञप्तिमा भनिएको छ।

यस्ता अकल्पनीय र अमानवीय घटनाहरुलाई प्रहरी प्रशासन र सम्बन्धित पक्षले उच्च निग्रानिको साथ सतर्कता अपनाउदै रोक्न र दोषी उपर कडा भन्दा कडा कार्बाही गर्न विज्ञप्तिमा जोडदार माग गरिएको छ।

बाराको सिमराको घटनाले पछिल्लो समय झनै जनतामा त्रास र भय पैदा भएको हुँदा प्रहरी प्रशासन र सम्बन्धित पक्षबाट आम जनताको जिउधन र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार समक्ष विज्ञप्तिमार्फत गम्भीर माग गरिएको छ।

सबै जनसमुदायलाई आपसी समन्वय र सतर्कता अपनाउदै सुरक्षित रहन अपिल समेत गरिएको छ। यस दुःखद घडिमा बालिका गरिमा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा विज्ञप्तिमा गहिरो समवेदना व्यक्त गरिएको छ।

यस्ता अपराधिक र अमानवीय घटनाहरुलाई रोक्न नेपालको हालको कानुनलाई संसोधर गरेर भएपनि हदै सम्मको कारबाहि गर्न नेपाल सरकार संग विज्ञप्तिमा जोडदार माग गरिएको छ। तसर्थ यस घटनाले जिल्लाभर भैरहेको स्वतस्फूर्त न्यायिक माग, आन्दोलन प्रती विज्ञप्तिमा समर्थन गरिएको छ।

नेपाली कम्युनिष्ट पार्टी, बारा जिल्लाको भदौ ०५ गते तय भएको जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जानकारी सम्पूर्ण पार्टीपंक्ती, नेता, कार्यकर्ता, शुभचिन्तक एवं जनसमुदायहरुमा विज्ञप्तीमार्फत जानकारी गराइएको छ।

Leave a review