आर्थिक रुपमा सशक्त बनाउन कोल्हवी नगर उद्योग वाणिज्य संघको महत्वपूर्ण योगदान रहेको छ– नगर प्रमुख चौधरी

साझेदारी दैनिक
212 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी/ बाराको कोल्हवी नगर पालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले कोल्हवीलाई आर्थिक रुपमा सशक्त बनाउन नगर उद्योग वाणिज्य संघ कोल्हवीको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

नगर उद्योग वाणिज्य संघ कोल्हवीको दोस्रो अधिवेशन तथा साधारण सभालाई कोल्हबीमा रहेको तामागढी पार्टी प्यालेसमा शनिबार उद्घाटन गर्दै नगरप्रमुख चौधरीले यस्तो बताएका हुन्। प्रमुख अतिथि चौधरीले पानसमा बत्ति बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्।

उनले ब्यापारीहरुलाई गुणस्तरीय खाद्यान्न वस्तुहरु बिक्री गर्न आग्रह गर्दै आफुले सञ्चालन गरेको व्यापार व्यवसायलाई कोल्हवी नगर पालिकामा सूचिकृत गर्न सबै व्यापारीहरुलाई उनले जानकारी दिए। कोल्हवी बजारमा नयाँ निर्माण भएको सुविधा सम्पन्न बजारको भवन र सेड केही दिनमै नगरपालिकालाइ हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

उद्घाटन शत्रमा नगर उद्योग वाणिज्य संघले २०८१ को एसइइमा नगरपालिका भरि मै सबैभन्दा बढी जि. पि. ए. ल्याई उतिर्ण हुने छात्र र छात्राहरुलाई नगद सहित दोसल्ला ओढाई सम्मान गरिएको थियोे।

त्यस्तै संचार क्षेत्रमा योगदान पु-याउने स्थानीय मिडियाहरुलाई पनि दोसल्ला ओढाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। नगर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद साह कलवारको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको हो।

कार्यक्रममा कोल्हवी नगरपालिका ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, ना.उ.पा.का केन्द्रिय सदस्य भुवन चौधरी , लो.स.पा. कोल्हबी नगर कमिटी अध्यक्ष हरिचन्द्र पनुहर, रा.प्र. पा.का राजेन्द्र मैनाली , ने.क.पा. एमालेका नगर अध्यक्ष पुरनदेव चौधरी, नेपाली काङ्ग्रेसका नगर सभापति वीरेन्द्रप्रसाद चौधरी, कोल्हवी नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष महेशकुमार साह, पूर्व अध्यक्ष एवं सपही कलेजका अध्यक्ष ढुण्डिराज, उप्रेती, कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी , पूर्व नगर प्रमुख भरतबहादुर भण्डारी, रा. स्व. पा. का मधेस प्रदेश सह महामन्त्री गणेश धिमाल , सामुदायिक विद्युत महासङ्घका प्रतिनिधि गोबिन्द पौडेल लगायतकाले मन्तव्य व्यक्त गरे।

उक्त कार्यक्रममामा वडा न. ४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली ,तामागढ़ी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर , ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक रन्जन मिश्र , पुर्व प्राचार्य केवलप्रसाद चौधरी, सशस्त्र प्रहरी बल कोल्हबीका प्रमुख सुनील श्रीवास्तव , उ. बा. संघ कोल्हवीका पुर्व अध्यक्षहरु अजय कुमार साह , सुकदेव साह लगायतको उपस्थिति रहेको थियो ।

महासचिव सचीव शम्भु साहले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रामप्रसाद प्रसाइृको थियो। बन्द सत्र भाद्र १५ गते आइतबार ( आज ) १० बजे बस्नेछ। बन्द शत्रबाट नया कार्य समिति चयन हुने छ।

Leave a review

This will close in 0 seconds