Sajhedari Daily
Latest News from Nepal

महिलाको हत्या आशंकमा बारा प्रहरीद्धारा ६ जना नियन्त्रणमा

बारामा एक महिलाको विभत्स हत्या भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ वस्ने ४८ वर्षीय कान्ति देवीको हत्याको हो । उनको हत्यामा संलग्न भएको आशंकामा बारा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

महिलाको हत्यामा संलग्न भएको आशंका ६ जना पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन । कान्तिदेवीको हत्यामा संलग्न हुन सक्ने आशंकामा केही छिमेकीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रबक्ता मिश्रले जनाए ।

आईतवार राती मृतक कान्तिकी पति बैजनाथ कुशवाहा घरबाहिर गांउमा गएको बेला अज्ञात समुहले हत्या गरेको थियो । कान्तिको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । पति बैजनाथ गाउँमा लगाईएको अस्ष्टजाममा जगएको बेला उनको हत्या भएकोस्थानीयहरुले बताएका छन ।

गत आईतवार अज्ञात समुहले कान्ति टाउको र गालामा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रबक्त मिश्रले बताएका छन ।