Sajhedari Daily
Latest News from Nepal

कवहीगोठ नाका खुलाउन विभिन्न पालिका प्रमुखहरुद्वारा प्रजिअलाई ज्ञापनपत्र

रबिन्द्र प्रसाद साह/
बाराको सुवर्ण गाउँपालिकामा रहेको सिमा नाका खोल्नका लागि बाराका तीन स्थानीय तहहरुले प्रमुख जिल्ला अधिकारीलाई बुधवार ज्ञापनपत्र बुझाएका छन।

कलैया उपमहानगरपालिका, महागढिमाई नगरपालिका र करैयामाई गाउँपालिकाका प्रमुखहरूले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ज्ञापनपत्र बुझाएका हुन ।

जिल्लामा रहेको सन्तगंज कवही गोठ भन्सार अहिले सम्म सरकारले खोल्न निर्णय गरेको छैन । त्यस नाकासंग जिल्लाको कुल जनसंख्याको ४० प्रतिशत नाकासंग जोडिएको र सुवर्ण गाउँपालिका पचरौता नगरपालिका, देवताल गाउँपालिका, महागढीमाई नगरपालिका र करैयामाई तथा बारागढी गाउँपालिका समेत जोडिएको छ ।

उक्त नाकामा नेपाली जनताहरुको घरायसी कार्यहरू विवाह, उत्सव इत्यादी कार्यको लागि किनमेल गर्न, रोटी बेटिको सम्बन्ध रहेको ले आवत जावत साथै विश्व प्रसिद्ध गढीमाई मन्दिको दर्शनको लागि दक्षिणतर्फ बाट आउने भक्तजनहरको मुख्य प्रवेशद्वार सोही नाकाबाट भएकोले नाका खुलाउनको लागि आवश्यक पहल गर्न तीन वटै स्थानीय तहले आआफ्नो ज्ञापनपत्र प्रजिअ नेपाललाई हस्तान्तरण गरेका थिए।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामी, महगढीमाई नगरपालिकाकी उपप्रमुख तारादेवी कानु, पुर्वमन्त्री कलावति पासवान लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा सो ज्ञापनपत्र बुझाइएको थियो ।