खेलकुदको माध्यमबाट युवाहरुलाई अगाडी बढाउन आवश्यक- अध्यक्ष धामी

साझेदारी दैनिक
604 पाठक संख्या

करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले खेलकुदको माध्यमबाट युवाहरुलाई अगाडी बढाउन आवश्यक रहेको बताएका छ ।

पाँचौ करैयामाई पिपरा गोल्डकप फुटबल प्रतियोगिताको शनिवार फाईनल खेलको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष धामीले यस्तो वताएका छन । खेलकुदको लागि गाउँपालिकाले पहिलो प्राथमिकतामा रहेर बजेट विनियोजन गर्ने गरेको अध्यक्ष धामीले बताएका छन ।

खेलकुदले ठाउको पहिचान कायम गर्ने भएकोले हरेक बर्ष गोल्डकपमा संचालन गर्दै आईरहेको पनि अध्यक्ष धामीले जनाए । करैयामाई गोल्डपकले गाउँपालिकाको देशभर पनि परिचय गराउन सफल भएकोले यसलाई निरन्तरता दिदै जाने धामीले बताए ।

अध्यक्ष धामीले गोल्डकपको माध्यमबााट यस क्षेत्रबाट पनि खेलाडीहरु उत्पादन गरि राष्ट्रिय टिममा खेलाडीहरुको प्रतिनिधित्व गराउने उदेश्यका साथ गाउँपालिकाले गोल्डकपलाई प्रायोजन गरेको गरिएको बताएका छन ।

प्रतियोगिता आयोजक संस्था सृजनशिल युवा क्लबका अध्यक्ष वृजमोहन चौधरीको अध्यक्षतामा सम्पन्न प्रतियोगता समापन समारोहमा करैयामाई गाँउपालिकाका प्रमुख प्रशासकिया अधिकृत राज कुशवाहा, थारु कल्याणकारणी सभाका जिल्ला अध्यक्ष रामप्रसाद चौधरी, मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष वीरेन्द्र प्रसाद चौधरी, तरुण दल कोल्हवीका संयोजक सन्जय चौधरी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितमाको करैयामाई गाउँपालिकाको मुख्य प्रायोजनमा संचालन भएको हो ।

Leave a review