हरियो खुर्सानी भित्र लुकाएर ल्याएको लागु औषध सहित एक जना परे पक्राउ

राम मण्डल
158 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जबाट लागू औषध सहित एक जनालाइ सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

लागू औषध सहित पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका–३ नगरदाहा बस्ने ३६ बर्षका मिश्री राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगञ्ज महानगरपालिका–१६ भन्सार क्षेत्रबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले उनलाई जाँचको क्रममा लागू औषध सहित पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट टाउकोमा हरियो खुर्सानीको बोरा बोकेर आएकोमा बोरा भित्रबाट लागू औषध डाइजेपाम ४९० एम्पुल,बुप्रेनोर्फाइन ४९९ एम्पुल,नोर्फिन २९७ एम्पुल र प्रोमेथाजाइन ४९७ एम्पुल बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

लागू औषध सहित पक्राउ परेका उनलाइ आवश्यक कारवाहीको लागि प्रहरीको जिम्मा लगाइएको छ।

Leave a review