Sajhedari Daily
Latest News from Nepal

सूरक्षित वैदेशिक रोजगारी सम्बन्धी पदाधिकारीहरुसँग अन्तरक्रिया

रञ्जन यादब

सुुरक्षित वैदेशिक रोजगारीका लागि सुुरक्षित आप्रवासनपरियोजनाले जीतपुुरसिमरा उपमहानगरपालिकाको पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको छ ।

उपमहानगरपालिकाको सभाहल जीतपुुरमा मंगलवार उक्त अन्तरक्रिया कार्यक्रममा गरिएको हो । वैदेशिक रोजगारलाई सुुरक्षित, व्यवस्थित, मर्यादित एवम उपलब्धिमूलक बनाउन सेवा प्रदायक संस्था र जनप्रतिनिधिको भुुमिका तथा सरकारी प्रयासको बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा परियोजना संयोजक सरोज कुुमार सिँहले परियोजनाको लक्ष्य, उपलब्धि, सिकाई र चुुनौतीहरुको बिषयमा सहभागिहरुलाई जानकारी गराएका थिए । त्यस्तै वैदेशिक रोजगारीमा जानुु पुुर्व ध्यान दिनुुपर्ने कुुराहरुको बिषयमा सूचना तथा परामर्शकर्ता राजनारायण रामले जानकारी गराएका थिए ।

कार्यक्रममा रोजगारी सम्बन्ध ऐन २०६४ र नेपालको पन्ध्रौ राष्ट्रिय योजनामा सुुरक्षित वैैदेशिक रोजगार, युुवा रोजगारको बिषयमा उपमहानगरपालिकाको प्रमुुख पशासकिय अधिकृत चेत कुुमार पोख्रेलले जानकारी गराएका थिए ।

सो अवसरमा जीतपुुरसिमरा उपमहानगरपालिकाका उपप्रमुुख सरस्वती देबी चौधरीले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गरी लघुु, उद्यम बिकासमा जोड दिनुभएको थियो ।

कार्यक्रमको संचालन परियोजनाको समाजिक परिचालक बनारसी साहले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा उपमहानगरपालिकाका वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Comments are closed.

error: Content is protected !!