जीतपुर : बाराको पिलुवामा रहेको ग्यास वान प्रालिले आफ्नो सातौँ ग्यास बिक्रेता भेटघाट कार्यक्रम सिमरामा सम्पन्न गरेको छ ।
सिमरा स्थित शनिवार होटल ईच्छामा भएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख,अधिकारीहरू,बिक्रेता तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्देश्य ग्यास सेवा सुधार,बजार विस्तार,तथा बिक्रेताहरूबीचको समन्वय बढाउनु रहेको कम्पनीका प्रबन्धक सरोज राज ढकालले जानकारी दिए ।
कार्यक्रममा बिक्रेताहरूका गुनासा,सुझाव तथा बजारमा देखिएका चुनौतीहरूबारे छलफल गरिएको थियो । साथै,कम्पनीले आगामी दिनमा सेवा अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
उद्योगका प्रबन्ध निर्देशक हिदेकी फुकेईयको अध्यक्षतामा भएको कार्यक्रममा बिक्रेताहरूले ग्यास आपूर्तिसम्बन्धी समस्याहरू,ग्राहकहरूको माग,तथा बजार प्रतिस्पर्धासम्बन्धी कुराहरू उठाएका थिए।
कम्पनीले उनीहरूको सुझावलाई मनन गरी आवश्यक सुधार गर्ने प्रतिवद्धता जनाएको छ । ग्यास वान प्रा.लि.ले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।
सातौँ संस्करण समेत सफलतापूर्वक सम्पन्न भएकोमा कम्पनीले सबै बिक्रेता तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।कम्पणीले प्रत्येक बर्ष दुई जना बढि ग्यास बेच्ने बिक्रेतालाई जापानको भ्रमण गराउँने गरेको छ ।


